जनता टाइम्स

२८ पुष २०७८, बुधबार १९:१५

बाजुरा एमाले अध्यक्षमा शाही सर्वसम्मत


बाजुरा, पुस २८ । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिबेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन हुनुभएको हो ।

पहिलो कार्यकालमा सात बर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो कार्यकालमा पनि अध्यक्ष चयन हुनुभएको हो। गत २३ पुसदेखि सञ्चालन भएको अधिबेशनले शाहीलाई सर्वसहमतमा चयन गरेको एमाले बाजुराले जनाएको छ ।

उहाँ जगन्नाथ गाउँपालिकाको अध्यक्षसमेत हुनुहुन्छ । यस्तै, अधिवेशनबाट उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा जनक बोहोरा र हरि रोकाया चयन हुनुभएको छ । अध्यक्ष शाहीको नेतृत्वमा ९० जनाको जिल्ला कमिटी गठन भएको छ ।