जनता टाइम्स

२९ पुष २०७८, बिहीबार २१:०५

प्रेस चौतारी ललितपुरको अध्यक्षमा विएम, सचिवमा अशोक


ललितपुर, पुस २९ । प्रेस चौतारी ललितपुरको अध्यक्षमा बालमुकुन्द (विएम) आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । ललितपुरको कुमारीपाटीमा बिहीबार आयोजित पाँचौं जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा नविन लुईटेल, महिला उपाध्यक्षमा शान्ति घिमिरे, सचिवमा अशोक दुलाल, सहसचिवमा सन्तोष दाहाल, अविन लिम्बु (समावेसी) र कोषाध्यक्षमा ईश्वर महर्जन सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुभानु आचार्य, कल्याण पौडेल, लक्ष्मण दुलाल, सुरेश तामाङ, रवि महर्जन,ज्ञान बहादुर महर्जन,रेखा खुलाल,संगम श्रेष्ठ,नरेन्द्र चालिसे, विद्धान कुलुङ चयन हुनुभएको छ ।

अधिवेशनमा निवर्तमान कार्यसमितीका सह संयोजक अशोक दुलालले स्वागत मन्तव्य राख्दै ललितपुरको पत्रकारितालाई अघि बढाउन स्थानीय पत्रकारितालाई प्रबर्धन गर्नु पर्ने बताउनु भएको थियो । सहसंयोजक दुलालको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्य दामोदर खड्काले १ लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।

कार्यक्रममा चौतारीका संयोजक बिएम आचार्यले प्रतिवेदन प्रस्तुत गर्दै पत्रकारिता तालिम तथा हरेक महिना अन्तरक्रिया गर्ने योजना राख्नुभएको थियो । कार्यक्रमको उदघाटन सत्रको प्रमुख अतिथि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका एमाले उपमहासचिव पृथ्वी सुव्वा गुरुङ र बन्द शत्रको प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत हुनुहुन्थ्यो ।