जनता टाइम्स

३० पुष २०७८, शुक्रबार १८:०८

एमाले महासचिवले गरे सत्ता गठबन्धनको षडयन्त्र भण्डाफोर


काठमाडौं, पुस ३० । प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धन जनप्रतिनिधिविहीन बनाएर स्थानीय तहलाई दुरुपयोग गर्ने षड्यन्त्रमा लागेको बताउनु भएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन चुनाव नगरी मुलुकलाई अस्थि।तातर्फ धकेल्ने षडयन्त्रमा लागेको सूचना सार्वजनिक भइरहेको बेला एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत पाँच दलीय गठबन्धनको नियतलाई उजागर गर्नुभएको हो ।

‘संघीयताको च्याम्पेन भएको दावी गर्ने सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाएर त्यसको दुरुपयोग गर्ने षडयन्त्रमा छन,’ महासचिव पोखरेलले भन्नुभएको छ । निर्वाचन आयोगमा आज भएको छलफलमा सहभागी उपमहासचिव विष्णु रिमालले पनि सरकार चुनाव गराउने पक्षमा नभएको आशंका गर्नुभएको थियो । रिमालले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको भन्दै त्यसबाट दाँयाबाँया नगर्न सत्तारुढ गठबन्धन र आयोगलाई सुझाव दिनुभएको छ ।