जनता टाइम्स

३० पुष २०७८, शुक्रबार १८:३१

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी, यस्तो छ पदाधिकारीदेखि सदस्यसम्मको अन्तिम मत परिणाम (सूचीसहित)


कालिकोट, पुस ३० । नेकपा एमाले कालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी हुनुभएको हो ।

नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाउनु भएको छ भने शाहीले २९७ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा दयाराम सिंम्खडा ३८० मत ल्याएर विजयी हुनुभएको छ भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी हुनुभयो । बुढाका निकटम प्रतिद्वन्द्वी पार्वती सिंहले ३३२ मत प्राप्त गर्नुभयो । सहचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी हुनुभएको छ ।

यस्तो छ निर्वाचित र पराजीतको मत परिणाम