जनता टाइम्स

१ माघ २०७८, शनिबार १३:४५

युवा संघले टुंग्यायो महाधिवेशन आयोजक मुल समिति : यी हुन पदाधिकारी-प्रदेश इञ्चार्ज र ३३ बिभागका प्रमुख (सूचीसहित)


काठमाडौं, माघ १ । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको टुंगो लगाउँदै कार्यबिभाजन गरेको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष किरण पौडेलको नेतृत्वमा युवा संघले महाधिवेशन आयोजक मुल समितिको टुंगो लगाएको हो । समितिको सहसंयोजकमा सञ्जिव झा र क्रान्ति बुर्लाकोटी रहनुभएको छ ।

एमाले नेता तथा इञ्चार्ज महेश बस्नेतको उपस्थितिमा पोखरामा सम्पन्न सचिवालय बैठकले आयोजक समिति गठन गर्दै प्रदेश इञ्चार्ज र केन्द्रीय बिभागको प्रमुखसमेत तोकेको छ । युवा संघले ३३ ओटा बिभाग बनाएको हो ।

यी हुन पदाधिकारीबिभाग र प्रदेशका प्रमुख

मूल आयोजक कमिटी संयोजक – किरण पौडेल
सह संयोजक – सन्जीव झा र क्रान्ति बुर्लाकोटी
संगठन विभाग – क्षितिज थेबे
युथफोर्स विभाग – पुष्प श्रेष्ठ
स्कुल तथा नेत्रित्व बिकास विभाग – रमेश आचार्य
कार्यालय विभाग – रामजी सापकोटा
प्रकाशन विभाग – सम्राट गौचन
प्रचार विभाग – महाराज गुरुङ
मानव अधिकार विभाग – सुनिता कार्की
महिला विभाग – उर्मिला सुनुवार
पर्यटन विभाग – सीता सुवेदी
कानून विभाग – बिष्णुराज बिसी
स्वयमसेवक विभाग – राकेश लामा
निर्वाचन आयोग प्रमुख – हिमेश केसी
निर्वाचन आयोग उप प्रमुख – बाबु छत्कुली
अनुशासन आयोग प्रमुख – दिनेश थापा
लेखा आयोग प्रमुख – प्रकाश लामिछाने
प्रदेश-१ इन्चार्ज – अन्जना अधिकारी
प्रदेश-२ इन्चार्ज – सत्य नारायण यादव
बागमती प्रदेश इन्चार्ज – अमित लामा
गण्डकी प्रदेश इन्चार्ज – सन्तोष रावल
लुम्बिनी प्रदेश इन्चार्ज – सुमन पुरी
कर्णाली प्रदेश इन्चार्ज – राजन थापा
सुदुरपश्चिम प्रदेश इन्चार्ज – बिसनाथ चन्द
अन्तर जिल्ला प्रदेश इन्चार्ज – बलरामा वेल्बासे