जनता टाइम्स

२ माघ २०७८, आईतवार १९:२२

देउवा सरकारप्रति चन्द्र चण्डारीको आक्रोश, आफैलाई दिए श्रद्धाञ्जली


काठमाडौं, माघ २ । आफ्नै पार्टी सभापति नेतृत्वको सरकारसहित पाँच दलीय गठबन्धनका नेताहरु भारतले अति गर्दा पनि चुइक्क नबोलेको भन्दै कांग्रेस नेता चन्द्र भण्डारीले आफैलाई श्रद्धाञ्जली दिनुभएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार र सरकारमा सहभागी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव र बाबुराम भट्टराईसहितका नेताहरुप्रति आक्रोश पोख्दै भण्डारीले आफूलाई नै श्रद्धाञ्जली लेख्नुभएको हो । सत्तारुढ कांग्रेसका नेता भण्डारीले आन्तरिक कुरामा ‘बबाल’ गर्ने ‘राष्ट्रवादी’हरू देशको सिमाना मिचिँदा भने नबोलेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

देश भनेको आमा भएको उल्लेख गर्दै आमा लुटिँदा पनि नबोल्नेलाई जिउँदै मरेको भनिने र तिनैमध्ये आफूलाई एक ठान्दै उनले आफैंलाई श्रद्धाञ्जलि भन्नुभएको छ । ‘देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन, आन्तरिक कुरा हुने हो भने बबाल गर्दछन, देश भनेको आमा हुन, आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे, त्यसैले पीडाले आहत म आफैंलाई पनि श्रद्धाञ्जलीबाहेक म के भन्न सक्छु र !,’ भण्डारीले लेख्नुभएको छ ।