काठमाडौं, माघ २ । कोभिड(१९ संक्रमित बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन । उहाँको मुम्बईको ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई गत जनवरी ९ को राती अस्पताल भर्ना गरिएको थियो । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ ।
अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उहाँको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसीयूमै उपचार भइरहेको बताउनु भयो । ‘उहाँ हाम्रो प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य सुधार अवस्थालाई हेरेरमात्र कति दिन आइसीयुमा राख्नुपर्ने हो टुंगो लाग्नेछ । त्यसकारण हाल उहाँलाई भेट्न बाहिरी मान्छेलाई रोक लगाइएको छ’, उहाले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्