जनता टाइम्स

३ माघ २०७८, सोमबार १४:१४

एमाले रौतहटको अध्यक्षमा पूर्वमाओवादी नेता साह सर्वसम्मत, यी हुन पदाधिकारी


काठमाडौं । नेकपा एमाले रौतहटको अध्यक्षमा पूर्व माओवादी नेता त्रिभुवन शाह सर्वसम्मत चयन हुनुभएको छ । आइतबार सम्पन्न नौ औं जिल्ला अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

अधिवेशनले उपाध्यक्षमा उपाध्यक्ष दिपक यादब, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित एक सय ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । अधिवेशनको उदघाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गर्नुभएको थियो । रौतहट एमाले नेता प्रभु साहको गृहजिल्ला हो ।