जनता टाइम्स

३ माघ २०७८, सोमबार १६:२१

एमालेले गठन गर्यो तीन बिभाग, यी हुन प्रमुख र सदस्यहरु


काठमाडौं, माघ ३ । नेकपा एमालेले संगठनसहित तीन ओटा बिभाग गठन गरेको छ । केन्द्रीय कमिटीको म्याण्डेटअनुसार एमाले केन्द्रीय कार्यालयले हाललाई तीनओटा बिभाग गठन गरेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार आज आर्थिक तथा कोष ब्यवस्थापन बिभाग, संगठन बिभाग र स्थानीय तह बिभाग गठन गरिएको हो । आर्थिक तथा कोष ब्यवस्थापन बिभागको प्रमुखमा उपमहासचिव बिष्णु रिमाल रहनुभएको छ भने सदस्यहरुमा बिनाकुमारी श्रेष्ठ र डा. भीष्म अधिकारी हुनुहुन्छ ।

यस्तै संगठन बिभाग प्रमुखमा खगराज अधिकारी रहनुभएको छ भने सदस्यहरुमा भानुभक्त ढकाल, यमलाल कँडेल, काँशीनाथ अधिकारी, देवराज घिमिरे, कर्ण थापा, ज्वालाकुमारी साह, जगत बिश्वकर्मा र लिला गिरी सदस्य रहनुभएको छ । यस्तै स्थानीय तह बिभाग प्रमुखमा देवेन्द्र दाहाल, उपप्रमुखमा प्रभा बराल तथा सदस्यहरुमा अशोक ब्याञ्जु, होमनारायण श्रेष्ठ, नवराज गेलाल र हर्कराज राई रहनुभएको केन्द्रीय कार्यालय सचिव अधिकारीले बताउनु भयो ।