जनता टाइम्स

३ माघ २०७८, सोमबार १६:३०

जनसंगठनको अधिवेशनसहित २५ जनाभन्दा बढी सहभागी हुने सवै कार्यक्रम रोक्न एमालेको निर्देशन



काठमाडौं, माघ ३ । नेकपा एमालेले सर्कुलर जारी गर्दै २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको छ । कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि सोमबार एमाले केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेर २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न निर्देशन दिएको हो ।

कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै एमालेले जनसंगठनको अधिवेशनहरु रोक्न पनि निर्देशन दिएको छ । साथै पार्टी नेता कार्यकर्ता र जनप्रतिनिधिलाई जनसेवामा खट्न पनि भनेको छ ।

‘कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशित गरिउको छ, साथै, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन गरिएको छ,’ जनसंगठनको अधिवेशनलगायत सवै रोक्न निर्देशन दिएको जनाउँदै केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले भन्नुभयो