जनता टाइम्स

४ माघ २०७८, मंगलवार १६:२०

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा अर्को आदेश जारी (सूचनासहित)


काठमाडौं, ४ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिडको संक्रमण बढेको भन्दै एक अर्को आदेश जारी गरेको छ । आज (मंगलबार)जारी गरेको नयाँ आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाइएको छ ।

मंगलबार राति देखि हुने आदेशमा गोष्टि सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू भर्चुअल माध्यमबाट गर्न प्रशासनले आदेश दिएको छ । त्यस्तै माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्ने निर्णय गरेको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गरेका हुन् ।यसअघि पुस २७ गतेको उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकाका सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने आदेश दिएको थियो । त्यसैगरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने निर्णय गरेको थियो ।