जनता टाइम्स

४ माघ २०७८, मंगलवार १७:३५

एमालेको अधिवेशन सम्पन्न गर्ने जिल्ला ६४ पुग्यो, मुगुमा जितबहादुरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन


मुगु, माघ ४ । नेकपा एमाले मुगुले एक सातापछि नेतृत्व चयन गरेको छ । २७ पुसदेखि सुरु भएको नेकपा एमाले मुगुको ८औँ जिल्ला अधिवेशन एक सातापछि सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

अधिवेशनले अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबल बहादुर रोकायाले बताउनु भयो । मुगुमा सर्वसम्मत नेतृत्व चयन भएसँगै जिल्ला अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने जिल्लाको संख्या ६४ पुगेको छ । एमालेले यसअघि आजै ६३ जिल्लामा अधिवेशन सम्पन्न भइ नेतृत्व भयन गरेको जानकारी दिएको थियो ।