काठमाडौं, माघ ६ । निर्वाचन आयोगले बैशाख २२ र २८ गतेको मिति तय गर्दै स्थानिय तहका निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाका अनुसार यसअघि दिईएको बैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गराउन नसकेमा दोस्रो विकल्पको रुपमा २२ र २८ बैशाखको मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।
गत ९ पुसमा सरकारलाई सुझाव दिदैँ आयोगले एकै चरणमा भए वैशाख १४ मा निर्वाचन गर्न र दुई चरणमा गर्ने भएमा २२ बैशाख उपयुक्त हुने धारणा राखेको थियो । ‘हामीले जेठ ५ गते स्थानिय तहको अन्तिम म्याद रहने र म्याद थप गर्ने संवैधानिक व्यवस्था नभएकाले सो मिति भित्रै निर्वाचन गराउन सुझाव दिईसकेका छौं,’ थपलियाले सञ्चारकर्मीसँग भन्नुभयो, ‘माघ पहिलो साता नै मिति तय गरेको खण्डमा आयोगले निर्वाचनको तयारी गर्नसक्नेछ भन्ने बिषयमा पनि ध्यानाकषर्ण गराईसकेका छौं ।’
उनका अनुसार बैशाख २२ मा एकै चरणमा गर्न नसके सरकारका लागि २७ र २८ बैशाखको मिति प्रस्ताव गर्न लागिएको हो ।













प्रतिक्रिया दिनुहोस्