जनता टाइम्स

६ माघ २०७८, बिहीबार १३:५७

काभ्रेका विक र सिरहाका शर्मा लागुऔषधसहित महोत्तरीमा पक्राउ


महोत्तरी, ६ माघ । ठूलो मात्रामा लागु औषधसहित प्रक्राउ परेका दुई जना माथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । महोत्तरी औराही–४ कठुधारबाट दुई हजार ९८२ पिस नाइट्राभेटसहित दुई जना पक्राउ परेका थिए । ठूलो मात्रामा लागु औषधसहित पक्राउ पर्ने सरोज विक र आकाश शर्मा छन् ।

मण्डन देउपुर, काभ्रेका विक र गोलबजार सिराहाका शर्मालाई सम्सीबाट बर्दिवासतर्फ जाँदै गरेको बा ४६ प ६२७३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट कठुधारवाट खटिएको टोलीले जाँच गर्ने क्रमामा मोटरसाइकलमा सबार दुवैलाई पक्राउ गरिएको महोत्तरी प्रहरी जनाएको छ ।