जनता टाइम्स

६ माघ २०७८, बिहीबार १४:०८

मुलुक बर्वाद बनाउने मिसनमा देउवा सरकार, मन्त्री नै दिन थाले बिपक्षी नेताको हत्या गर्ने सार्वजनिक धम्की


काठमाडौं, माघ ६ । पाँच दलीय गठबन्धन मुलुकमा अराजकता मच्चाएर लुटको शासन चलाउन लागिरहेको तथ्यहरु बिस्तारै उजागर हुन थालेको छ । सत्तारुढ दल संबिधानअनुसार स्थानीय तहको निर्वाचन नगराउने योजना बनाइरहेको बेला संघीय सरकारका मन्त्रीहरु नै बिपक्षी दलका नेताको हत्या गर्ने सार्वजनिक धम्की दिन थालेका छन ।

सर्वाेच्च अदालतको परमादेशबाट सरकारमा पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले बेलगाम मन्त्रीलाई छाडनु भएपछि कुनैमन्त्री कानून भन्दा बाहिर गएर आतंक मच्चाइरहेका छन भने कुनै सार्वजनिक रुपमा हत्या गर्ने धम्की दिन थालेका हुन । काठमाडौंमा पर्यटनमन्त्री प्रेम आलेको गैरकानूनी आतंक चलिरहेको बेला संघीय सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालिरहनु भएकी भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले रौतहटमा आपत्तिजनक अभिव्यक्ति दिँदै सिके राउतको हत्या गर्ने धम्की दिनुभएको छ ।

मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने धम्की दिनुभएको हो । बहालवाला मन्त्रीले नरसंहार मच्चाउने र एउटा पार्टीको अध्यक्षको हत्या गर्ने खुलेआम धम्की दिनुले सरकारकै योजना झल्काउने गर्छ । हिन्दीमा भाषण गर्दै मन्त्री यादवले तफुानसँग टकराउने कोसिस गरेमा सीके राउत पनि मारिन सक्ने आपत्तिजनक अभिव्यक्ति दिनुभएको हो ।

यस्तो छ मन्त्री यादवको धम्की

मौवाली फौवाली त मधेस विद्रोहमा अन्त्य भइसकेको छ । र इतिहास त्यहाँ राइस मिल अहिले पनि जिवित छ । यो गौर एतिहासिक जिल्ला हो । गौरमा भाटा चलाउने प्रयास नगरिओस् । यहाँ लाठी (भाटा) नचाउन आउँछ । यो लाठी चलाएपछि तपाईको लाठीको त्यही टुक्रा टुक्रा पारेर तपाईकै हातमा राखेर घरमा लगी थन्काइ दिइनेछ । हामीले आज त्यो गर्यौं, बलिदानी दिवसको दिन हिंशा होइन् । आज हिंसा गर्नुछैन । आज हामी बलिदानी दिवस मनाउन आएका छौं । र भोली हामी यहाँको सडक भिजिट गर्छौं । यदि तुफानसँग टक्रायौ भने तपाईको त्यही हालत हुन्छ-जो गौरको राइस मिलमा भयो ।

त्यो इतिहासलाई नभुल्नुस् । म डाक्टर साहेबलाई यतैबाट भन्छु कोही एक विरामी मरिहाल्छन् । र तपाईलाई घेराबन्दी पारेर मारिदिन्छन् । ‘‘‘.त्यसैले सतर्क भइहाल्नुस् । यो कलेजोमा ताकत छ, यो धर्तीको भैंसी र गाईको दुध खाएका छ भने सिंहदरबार गएर घेर्नुस । अमेरिकामा फास्टफुड खाएको होला, हरियो साग सब्जी खाएछौं होला । तर जसको नशामा दुधका खुन बनेको छ । ताकत छ । त्यसलाई कहिले केहि हुन सक्दैन । याद राख्नुहोला ।