जनता टाइम्स

६ माघ २०७८, बिहीबार १४:३२

स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने सत्तारुढको योजनाप्रति एमाले महासचिवको कडा आपत्ति


काठमाडौं, माघ ६ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचन पर धकेल्ने सत्तारुढ पाँच दलीय गठबन्धनको चलखेलप्रति कडा आपत्ति जनाउनु भएको छ ।

कोरोना संक्रमण भई निवासमा आइसोलेशनमा रहनुभएका एमाले महासचिव पोखरेलल आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाउने योजनासहित पाँद दलीय गठबन्धन संबिधानको अपब्याख्या गर्न लागेको बताउनु भएको छ । ‘विनाकुनै कारण ६ महिना स्थानिय तह जनप्रतिनिधि विहिन बनाएर त्यसको दुरुपयोग गर्नखोज्ने परमादेशी सत्ता गठवन्धन विरुद्धमा चु वोल्न नसक्नेहरु आफैमा अस्थिरताको सर्जक हुन,’ महासचिव पोखरेलले भन्नुभएको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबिधानको अपब्याख्या गर्दै स्थानीय तहको निर्वाचन ६ महिना पर धकेल्दै बैशाखमा संघीय संसदको निर्वाचन गराउनु पर्ने बताउनु भएको थियो । संकटकाल लगाएको अवस्थामा पदावधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नैपर्ने बिषयलाई प्रचण्डले अपब्याख्या गरी स्थानीय तह खाली गराउने षडयन्त्र गरेपछि महासचिव पोखरेलले आपत्ति जनाउनु भएको हो ।

प्रचण्डले संबिधानअनुसार स्थानीय तहको निर्वाचन गराउँदा आफ्नो दलले कतै पनि नजित्ने र सोही कारण संघीय संसदको निर्वाचनमा कांग्रेसले तालमेल नगर्ने निश्कर्षसहित स्थानीय तहको निर्वाचन भन्दा पहिले बैशाखमै संघीय संसदको निर्वाचन गराउनु पर्ने बताउनु भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदले काम गर्न नसक्ने भएकोले थप समय बर्वाद नपार्न भन्दै गत बर्ष निर्वाचनको मिति घोषणा गर्दा प्रतिगमन भयो भन्दै आन्दोलना लाग्नुभएका र अदालतमा सेटिङ गरेर सत्ताबाट हटाउनु भएका दाहाल अहिले पनि स्थानीय तहलाई रिक्त गराउनकै लागि संसदको चुनाव पहिला भन्न थाल्नुभएको हो । प्रचण्डको यो षडयन्त्रप्रति एमाले महासचिव पोखरेलले कडा प्रतिवाद गर्नुभएको छ ।

यस्तो छ पोखरेलको बिचार

संविधानमा तीन तीन महिना गरेर ६ महिना संकटकाल लगाउन सकिने व्यवस्था समेतलाई ध्यानमा राखेर ६ महिना भित्र चुनाव गर्नैपर्ने संविधानको व्यवस्थालाई अपव्याख्यागर्दै विनाकुनै कारण ६ महिना स्थानिय तह जनप्रतिनिधि विहिन बनाएर त्यसको दुरुपयोग गर्नखोज्ने परमादेशी सत्ता गठवन्धन विरुद्धमा चु वोल्न नसक्नेहरु आफैमा अस्थिरताको सर्जक हुन् ।