जनता टाइम्स

६ माघ २०७८, बिहीबार १४:५१

सुदरपश्चिममा धमामधम प्रचण्डको हस्ती भित्र्याउँदै लेखराज भट्ट, माओवादी उपाध्यक्ष नै एमाले प्रवेश


कैलाली, माघ ६ । पछिल्लो समय सुदुरपच्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रभावशाली हस्तीहरु धमाधम एमाले भित्रन थालेका छन । एमाले सचिव लेखराज भट्टले माओवादीमा रहेका इमान्दार जति सवै भित्र्याउने अभियान चलाउनु भएपछि पुपकमल दाहाल प्रचण्डको भ्रमबाट मुक्त भएको भन्दै एमाले प्रवेश गर्नेको लहर चलेको हो ।

यही क्रममा प्रचण्डका दाहिने हात मानिने गोदावरी नगरपालिका–४ माओबादी केन्द्रका उपाध्यक्ष नरेश बहादुर सिंह आफ्नो टीमसहित नेकपा एमाले प्रबेश गर्नुभएको छ । सिंहलाई आज बिहान एमाले सचिव लेखराज भट्टको उपस्थितीमा एमालेमा प्रबेश गराइएको हो । सचिब भट्टले उहाँलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो । सो क्रममा भट्टले अव सुदुरपश्चिममा मात्रै नभई देशभरका माओवादीमा रहेका इमान्दार नेता कार्यकर्ता एमालेमै फर्कनुको बिकल्प नरहेको बताउनु भयो ।

एमाले प्रवेश गरेपछि सिंहले प्रचण्ड मुलुककै समस्या हो भन्ने कुरा पुष्टि भएको र आफ्नो भ्रम पनि टुटेकोले एमाले रोजेको बताउनु भयो । मोओबादी केन्द्रको निती, बिचार र सिद्धान्त मुलुक बनाउने होइन, बिगार्ने र अस्थिरता मच्चाउने रहेको तथ्य बोध गरेपछि सो पार्टी परित्याग गरेको सिंहले बताउनु भयो ।

पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट, वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र रोक्का मगर, जिल्ला कमिटी सदस्य हितेश ओझा लगायतको सहभागीता रहेको थियो ।