न्यूयोर्क, असार १७
नेपाली चेली कञ्चन अमात्यले प्रिन्सेस डायना अवार्ड पाउनु भएको छ । अमेरिकाको न्यूयोर्कमा रहेर राष्ट्रसंघमार्फत महिलाको आर्थिक सशक्तिकरणको अभियानमा रहनुभएकी अमात्यलाई सो अवार्ड दिने निर्णय भएको थियो । डायना अवार्ड पाउने कञ्चन पहिलो नेपाली हुनुहुन्छ ।
सन १९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम गर्ने युवालाई उक्त अवार्ड डायनाको जन्मदिनमा दिँदै आएको छ। डायनाको सम्झनास्वरुप उक्त अवार्डको आरम्भ गरिएको हो ।
२० वर्षदेखि उक्त अवार्ड राजपरिवारबाट उपलब्ध गराइदै आएको छ। डायनाका दुई छोरा प्रिन्स विलियम र प्रिन्स ह्यारीले उक्त अवार्ड डायनाले बाल्यकाल बिताएको घरमा उपलब्ध गराउँदै आएका छन्। ललितपर निवासी कञ्चन अहिले अमेरिकामा अध्ययनरत हुनुहुन्छ । उहाँ राष्ट्रसंघमा युवा र महिलाका लागि सक्रिय रहँदै आउनु भएको छ ।
डायना अवार्ड पाउने कञ्चन पहिलो नेपाली हुनुहुन्छ ।
सन १९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम गर्ने युवालाई उक्त अवार्ड डायनाको जन्मदिनमा दिँदै आएको छ। डायनाको सम्झनास्वरुप उक्त अवार्डको आरम्भ गरिएको हो ।
अमात्यले यसअघि पनि अमेरिकामा विभिन्न अवार्ड पाउनु भएको थियो । कञ्चनले नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसबाटसमेत जिम्मेवार पाउनुभएको थियो । काठमाडौँ सेन्ट मेरिजको पढाई सकेर नर्वे हुँदै उहाँ अमेरिका आइपुग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्