जनता टाइम्स

७ माघ २०७८, शुक्रबार ०८:४७

प्रधानमन्त्री देउवालाई एक बिकल्प रोज्न एमाले सचिव योगेशको सुझाव


काठमाडौं, माघ ७ । एमाले सचिव योगेश भट्टराईले हिंसालाई जायज मान्ने वा हिंसा भडकाउने मन्त्रीलाई बर्खास्त गर्ने बिकल्प रोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । देउवा सरकारका मन्त्री रेनु यादवले रौतहटमा फेरिगौर हत्याकाण्ड दोहोर्याउने भन्दै हिंसा भडकाउने अभिब्यक्ति दिनुभएपछि पूर्वमन्त्रीसमेत रहनुभएका एमाले सचिव योगेशले प्रधानमन्त्रीलाई एक बिकल्प रोज्न भन्नुभएको हो ।

‘प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्‍यो । अर्को बाटो छैन,’ सचिव भट्टराईले भन्नुभएको छ ।