काठमाडौं, माघ ८ । सरकारले स्थानीय तहको निर्वाचन नगराउने षडयन्त्र अघि बढाएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले गम्भीर समस्या पर्ने चेतावनी दिनुभएको छ । सरकारले चुनावको मिति घोषणा नगर्दा संबिधानअनुसार हुनुपर्ने स्थानीय तहको निर्वाचन पर सर्ने आशंकाबीच महासचिव पोखरेलले सवैलाई सचेत गराउनु भएको हो । महासचिप पोखरेलले वैशाखमा स्थानीय चुनाव नगर्दाका आगामी असार १० मा स्थानीय तहको बजेट प्रस्तुत गर्न र पारित गर्न नसकिनेसहित ९ ओटा गम्भीर असर पर्ने बताउनु भएको छ ।
वैशाखमा स्थानीय चुनाव नगर्दाका असरहरुः
असार १० मा स्थानीय तहको बजेट प्रस्तुत गर्न र पारित गर्न नसकिने ।
आर्थिक वर्ष सकिएपछि गाउसभा र नगरसभाको अनुमती विना संचित कोषवाट रकम खर्च नसकिने ।
स्थानीय संचितकोषवाट सुविधा पाउने शिक्षक कर्मचारीको तलव भत्ता रोकिने ।
वहुवर्षिय क्रमागत विकास आयोजनाका काम रोकिन जाने ।
संविधानतः ६(६ महिनामा वस्ने गाउ तथा नगरसभा वस्न नसक्ने । कुनै पनि नयाँ विकास निर्माण र सेवाप्रवाहका काम गर्न नपाइने ।
स्थानीय तहवाटहुने सेवा प्रवाहमा जहाँ गाउ तथा नगरसभा,वडाध्यक्ष र कार्यपालिका प्रमुखको निर्णयवाट हुने सबैकाम अवरुद्ध हुने ।
स्थानीय निकायको निर्वाचन नहुदा जिल्ला समन्वय समिति, राष्ट्रपति र उपराष्ट्रपतिका साथै राष्ट्रिय सभाको निर्वाचन समेत प्रभावित हुने ।
नेपाली विशेषताको संघियताको मुलमर्ममाथि प्रहार हुने । पुनः केन्द्रिकृत अभ्यास तर्फ मुलुक फर्कने ।
सार्वभौम संसदले बनाएको कानुनको उलंघन हुने ।













प्रतिक्रिया दिनुहोस्