जनता टाइम्स

८ माघ २०७८, शनिबार १९:२७

राष्ट्रिय युवा संघले दियो महाधिवेशन आयोजक कमिटीलाई पूर्णता, यी हुन ४०५ सदस्यीय आयोजक कमिटी (नामावलीसहित)


काठमाडौं, माघ ८ । राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशन आयोजक कमिटीलाई अन्तिम रुप दिई बिशेष सर्कुलर जारी गरेको छ । महाधिवेशन आयोजक कमिटीका संयोजक किरण पौडेलले आज पोखरामा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले गरेको निर्णयलाई अन्तिम रुप दिई बिशेष सर्कुलर जारी गर्नुभएको हो ।

सर्कुलरअनुसार ४ सय ५ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाइएको छ । सवै क्षेत्रलाई समेटर आयोजक कमिटीलाई पूर्णता दिइएको संयोजक पौडेलले बताउनु भयो । संयोजक पौडेलका अनुसार युवा संघ इञ्चार्ज एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको सहजीकरणमा महाधिवेशन आयोजक कमिटीलाई पूर्णता दिइएको हो । पूर्णता दिँदा बिशेष मापदण्ड बनाइएको छ । आयोजक कमिटीको सहसंयोजकमा सञ्जीवकुमार झा र क्रान्ति बुर्लाकोटी रहनुभएको छ भने बिभिन्न ३२ ओटा बिभागको प्रमुख तथा प्रदेश इञ्चार्ज तोकिएको छ ।

युवा संघका प्रचार बिभाग प्रमुख माहाराज गुरुङले सवै सन्तुलन मिलाएर आयोजक कमिटीलाई पूर्णता दिई कार्यान्वयनकालागि बिशेष सर्कुलर जारी गरिएको बताउनु भयो । ‘स्पष्ट मापदण्डका आधारमा कमिटीलाई पूर्णता दिइएको छ । मापदण्ड हेरेपछि कसैको गुनासो गर्ने ठाउँ छैन, काम गर्नेहरु कोही पनि छुटेका छैनन, पद ओगटेर काम नगर्ने र मापदण्डबाहिर पर्ने साथीहरु बिदा गरिएको छ,’ जनताटाइम्स डटकमसँग प्रचार बिभाग प्रमुख गुरुङले भन्नुभयो ।

पढनोस आयोजक कमिटीको सूची