जनता टाइम्स

९ माघ २०७८, आईतवार १२:२२

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण, पत्नी राधिका शाक्य पनि संक्रमित


काठमाडौं, माघ ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिवार गरिएको पिसिआर परीक्षणमा अध्यक्ष ओलीलाई पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहनु भएको छ ।

अध्यक्ष ओलीलाई पहिलो पटक कोरोना संक्रमण भएको हो । उच्च सावधानी अपनाउँदै आउनु भएका पूर्वप्रधानमन्त्री ओली यसपटक तेस्रो लहरमा भने संक्रमित बन्नुभएको छ । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण देखिएको छ । अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पत्नी शाक्यको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीलाई कोरोना पोजेटिभ देखिएका कारण आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित भएको हो । अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितीका बारेमा व्यक्त गर्ने धारणा वक्तव्य मार्फत एमालेले केहीबरेमा सार्वजनिक गर्दैछ ।