जनता टाइम्स

९ माघ २०७८, आईतवार १८:४२

कोरोनाविरुद्धको खोप लगाएको केहीबेरमै मृत्यु


धनगढी, माघ ९ । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको ज्यान गएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ५३ वर्षीय रामदास डगौराको कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै ज्यान गएको हो ।

स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका डगौराको घर जाने क्रममा मृत्यु भएको हो । वडाध्यक्ष भिखराम चौधरीले खोप लगाएको केही बेरमै बाटेमै लडेर उनको मृत्यु भएको बताउनु भयो । लडेकै ठाउँमा उहाँको मृत्यु भएको बताइएको छ ।