जनता टाइम्स

१० माघ २०७८, सोमबार १३:५७

जनताको सेवा प्रवाह रोकेर जनबिरोधी नहुन सरकारलाई धुलिखेल नगरको आग्रह


काठमाडौं, १० माघ । धुलिखेल नगरपालिकाले जनताको सेवा प्रवाह रोकेर जन बिरोधी नहुन सरकारलाई आग्रह गरेको छ । आज १० औं धुलिखेल नगर सभाले सरकारलाई उक्त आग्रह गरेको हो । त्यस्तै नगर सभाले स्थानिय निर्वाचन गर्न सरकारलाई अनुरोध गरेको छ । संविधान बिरोधी भएर सरकारले स्थानीय तहका जनताको सेवा प्रबाह रोकेर जन बिरोधी नहुन धुलिखेल नगर सभाले आग्रह गरेको हो ।

त्यस्तै सभाले नेपालको पहिलो स्थानीय आम सन्चार ऎन ७८ प्रस्तुत गरेको थियो । पालिकाले हालसम्म स्थानीय ऐन ७० पास गरेको छ । सभामा मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले सरकार जन बिरोधी र संघीयता बिरोधी बन्दै गएकाले मुलुक निर्वाचित बिहिन बनाएर तानाशाह बन्न खोजेको आरोप लगाउनुभयो ।

त्यस्तै नगर सभाको दशौ अधिबेशनको पहिलो बैठकमा नगरपालिकाको स्थानीय सेवा विधयक २०७८,राजपत्र प्रकाशन सम्बन्धि विधयक २०७८ ,नगरपालिकाको पशु स्वास्थ्य तथा पशु सेवा विधयक, आम संचार विधयेक २०७८ र नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिबेदन २०७८सभा समक्ष प्रस्तुत गरिएको थियो ।