जनता टाइम्स

११ माघ २०७८, मंगलवार ०९:४६

पाँच दललाई एमाले महासचिव पोखरेलको कडा चुनौती


काठमाडौं, माघ ११ । एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनलाई कडा चुनौती दिनुभएको छ । स्थानीय तहको निर्वाचन पर धकेलेर जनप्रतिनिधिबिहीन बनाउने षडयन्त्रको कडा प्रतिवाद गर्दै महासचिव पोखरेलले जनता आफ्नो पक्षमा छैनन भन्ने कुरा सिधासिधा भन्न चुनौती दिनुभएको हो ।

‘स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे ! सोझै भनौ न,अहिले जनता गठवन्धनका पक्षमा छैनन,’ महासचिव पोखरेलले भन्नुभएको छ । देउवाकै नेतृत्वमा गत २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । अहिले सत्ता गठबन्धन चुनाव नगराउने योजनाका साथ बिभिन्न बाहाना बनाइरहेको छ ।