पूर्वप्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीलाई परास्त गर्नु, नाकाबन्दी नखोलेसम्म भारतको औपचारिक भ्रमण नगर्ने ओलीको अडान राष्ट्र विराधी हो भने तपाईका नजरमा राष्ट्रवाद के हो ? अज्ञानी जनहरुलाई बताइदिनु पर्यो नि ! २४ लाख कारोना खोप हरायो तपाईले थाहा पाउनु भएन अभि सर ? जसलाई सुरक्षाको ताला चाबी दिएको छ, उही हरायो भन्छ । यस अवस्थामा कसलाई दोष दिनुहुन्छ सर ? ओली सरकारको पालामा एक पाखे भनेको कुरालाई पाखे भन्यो सडकमा बेलुन उडाउनेहरु अहिले कहाँ छन् ? कम्तीमा ओलीका कारण अलि अलि दानापानी पाउँथे अहिले तिनीहरु रोजगार विहीन भएका होलान् । ओलीले यति हजारको जुत्ता लगाए भनेर लेख लेख्ने लेखन्ते पनि अहिले बेरोजगार भएका होलान । नेपाल बनाउन भन्दा भत्काउन लगानी गर्नेहरुको ओइरो हुने गरेको छ
प्रा.डा.बद्रीविशाल पोखरेल
प्रा.डा. अभि सुवेदी आफू राजनीति गर्दिन भनेर राजनीति गर्ने एक जना भद्र व्यक्ति हुनुहुन्छ । यो उहाँको स्रष्टा तथा बुद्धिजीवीलाई समेत भ्रमित पार्ने कला रहेछ । यसको स्पष्ट उदाहरण डा.अभिको २०७७ साउन २५ गते प्रकाशित राष्ट्रवाद एक अमूर्त कला शीर्षक लेख हो । आखिर कुनै पनि मानिसले आफ्नू अन्तर्य ऐन मौकामा प्रकट गरिछाडछ । उक्त लेखमा सुवेदीले अमुक पार्टीको सतही नेता कार्यकर्ताकै स्तरमा ओर्लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका राष्ट्रवादी अडान, अठोट र अभूतपूर्व विकास निर्माणका कामका विरुद्ध मनोगत तथा दुराग्रही विचार व्यक्त गर्नुभएको थियो । जसकसैले जसकसैलाई गरेको अतिलाई सहे पनि अतिचार भने पटक्कै नसहने यस लेखकको कमजोरीका कारण डा.अभिको उपयुक्त लेखमा समानान्तर खरो प्रतिवाद खप्टिएको थिएँ । सुवेदीले लेखमा उठाएको सबाल अनुसारको चोटिलो जवाफ पढेर उहाँका अनुचर÷अनुयायीहरु (यद्यपि यो लेखक पनि डा. अभिका कतिपय विशेषताको अनुयायी हो) यस लेखकसित मजैले रिसाएका थिए । तिनले मेरो उचाइ स्वात्तैं घटेकामा आक्रामक रुपमा खूब चिन्ता पनि गरे । यस्तो दरिद्रतम मनस्थिति देखेर आदत र आग्रहका दास बनेपछि सत्यपनि आपाच्य हुन्छ भन्ने अरु स्पष्ट भयो । सत्य बोल्दा जेजे खतबात लाग्छ, सहने बानी भएकोले आफ्नै गुरुको बिस्टा (गुहु) वास्ना आउँछ भन्न यो लेखक सत्तैन ।
ओली नेतृत्वको सरकारले भारतीय नाकाबन्दीमा लिएको चट्टानी अडान, उहाँको सरकारले अरु कसैले कहिल्यै गर्न नसक्ने चीनसित गरेको पारवहन तथा वाणिज्य सन्धी जस्ता काम तथा विगतका तुलनामा द्रुतगतिमा बहुपक्षीय देश विकास निर्माणका अभूतपूर्व कामहरु भएका थिए । यी सब कामलाई सुप्रसिद्ध लेखक तथा विश्लेषक सौरभले खुल्ला रुपमा प्रशंसा गर्नुभएको छ तर त्यहीँ प्रा.डा. अभि सुवेदी उपर्युक्त आफ्नो लेखको सिरदेखि पुछारसम्म ओली सरकारको एकोहोरो, अनर्गल, अतथ्य र अतार्किक गाली भन्न मिल्ने आलोचना मात्र गर्नुहुन्छ । डा. अभिले आफ्नो लेखमा ओलीलाई लक्षित गरेर राष्ट्रवादलाई गलत प्रचार गरेर शक्ति आर्जन गर्न खोज्नेहरुलाई चिन्नु र तिनबाट सतर्क हुनुपर्छ भन्नुभएको छ । सुवेदीले ओली सरकारका पालामा नेपाल र नेपाली हितमा गरिएको अठोट, अडान र सम्पूर्ण कार्यप्रगतिलाई राष्ट्रवादको गलत प्रचार भन्नु भएको देखिन्छ ।
उहाँले नाम उल्लेख नगरी तर स्पष्ट रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्र बनाएर उहाँलाई अनुदारवादी र अधिनायकवादी जस्ता द्वेषयुक्त तथा आग्रहपूर्ण आरोपमा बौद्धिक श्रम र समय खर्चिनु भएको थियो । सुवेदीले ओली लक्षित लेखमा भारतका तर्फबाट बाँध बाँधेकाले डुबान क्षेत्रका मधेसी नरनारीले दुःख पाएकामा सामान्य संवेदना पनि नभएका पहाडी नेता र पार्टी भन्नुभएको थियो । यसका आधारमा सुवेदीले राष्ट्रवादको भावना उजागर गरी भोट मात्र बटुल्ने भन्दै संकीर्ण साम्प्रदायिक भावना फैलाउने केही वर्गको सुविधा, हैकम र सत्ता ग्रहणका निम्ति मात्र प्रयोेग भइरहने विषय हो भने त्यो सही राष्ट्रवाद होइन भन्नुभएको छ । सुवेदीले पूर्वप्रधानमन्त्री ओलीले राष्ट्र र जनताका हितमा गरेका सबै काम उहाँले आफ्नै सुविधा, हैकम र सत्ता ग्रहणका लागि मात्र गरेको भनेका छन् । तर ओली सरकारलाई अपदस्थ गरेपछि गठबन्धन दलको नेतृत्वमा बनेको सरकारका यावत अकर्मण्य विषयमा सुवेदी किन मौन बस्नुहुन्छ ? यो चाहिँ अति संवेदनशील विषय रहेको छ ।
भारतीय सरकार अनुकूल वा कन्फर्टेवल सरकार बनेको डा.अभिलाई जाती लागेकै हो ? नेपाली जनताले चाहेको स्थयित्वविरुद्ध देशी र विदेशी षडयन्त्र चाहिँ देशहितमा रहेको उहाँले देख्नुभएको हो ? गठबन्धन दलको सरकारका कार्यपालिका, न्यापालिका र व्यवस्थापिकाका यावत लज्जाजनक कामहरु डा. अभिले देख्नुभएको छैन ? संघीय लोकतान्त्रिक गणतन्त्र कालमा सरकार वा प्रधानमन्त्रीको चयन परामादेशबाट हुन्छ ? टिके प्रधानमन्त्रीको परिकल्पना संविधानले गरेको छ ? प्रतिनिधि सभामा एकथरिलाई पार्टीको निर्देशन लाग्ने र अर्कोथरिलाई नलाग्ने जस्तो गैरसंसदीय भाँडभैलो अन्त कहीँ हुन्छ ? सभासद्हरु र तिनका माउ पार्टीप्रति यतिसम्म लाज, सरम र घीनहीन बेसरम भेदभाव गर्ने सभामुख दुनियाँमा कहीँ देख्नुभएको छ अभि सर ? हत्या आरोपमा सर्वोच्च अदालतमा पेसी चढेका सभामुख अरु देशमा देख्नुभएको छ ? महाकवि देवकोटा अहिले ज्यूँदै भए फेरि पागल कविता लेख्थे र फेरि निर्लज्ज नीरस रसाको रण्डीको नाच हेर, जनअधिकारको डँडेल्नाको भाँच हेर भन्ने कविता फेरि भन्थे ।
जिन्दगीभरि देवकोटा पढाएर जीविकोपार्जन गर्ने कतिपय प्रा.डा.हरू देवकोटाका आदर्शबाट च्यूत भएको देख्दा यस लेखकलाई आफू नै प्रा.डा. भएकामा कुरीकुरी लाग्न थालेको छ । देश र जनता दुखेको बेला तपाई प्रकृति वर्णनमा मात्र रमाएर कसरी बस्न सक्नुहुन्छ ? वैचारिक बुद्धिजीवीहरुलाई पार्टी र नेताका झोले भनेर सराप्नेहरु अहिले कुन गोठालाका भरिया हुँदैछन् ? कम्तीमा भारतीय सीआरपीका कारण महाकालीमा जिउँदै खसालिएर र मारिएका निर्दोष र निरपराध नेपाली युवा जयसिंह धामीप्रति समवेदनाको एक शब्द तपाई डा. अभिबाट किन प्रकट भएन ? तर तपाईबाट अखबारमा आफ्ना नाटकका बखान आएका आएकै देखेर यस लेखकको धैर्यको बाँध फुटेको हो । आफ्नो बखान जहिले तहिले गरे हुन्छ तर एउटा नेपाली भाइ मारिँदा पनि एकथोपो समवेदना चुहुँदैन भने तपाई हामी के स्रष्टा के द्रष्टा ?
देश र जनताका संगीन सङ्कटका विषयलाई पूरै पन्छाएर केवल विषयान्तर लेख मात्र लेखिरहने डा. अभि सुवेदीलाई देश दुख्न छाडेकै हो ? पूर्वप्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीलाई परास्त गर्नु, नाकाबन्दी नखोलेसम्म भारतको औपचारिक भ्रमण नगर्ने ओलीको अडान राष्ट्र विराधी हो भने तपाईका नजरमा राष्ट्रवाद के हो ? अज्ञानी जनहरुलाई बताइदिनु पर्यो नि ! २४ लाख कारोना खोप हरायो तपाईले थाहा पाउनु भएन अभि सर ? जसलाई सुरक्षाको ताला चाबी दिएको छ, उही हरायो भन्छ । यस अवस्थामा कसलाई दोष दिनुहुन्छ सर ? ओली सरकारको पालामा एक पाखे भनेको कुरालाई पाखे भन्यो सडकमा बेलुन उडाउनेहरु अहिले कहाँ छन् ? कम्तीमा ओलीका कारण अलि अलि दानापानी पाउँथे अहिले तिनीहरु रोजगार विहीन भएका होलान् । ओलीले यति हजारको जुत्ता लगाए भनेर लेख लेख्ने लेखन्ते पनि अहिले बेरोजगार भएका होलान । नेपाल बनाउन भन्दा भत्काउन लगानी गर्नेहरुको ओइरो हुने गरेको छ ।
प्रदेश नं २ ले मिथिला, जनक, जानकीजस्तो अत्यन्त गौरवमय विरासद्लाई पूर्णतः उपेक्षा गर्दै मधेस प्रदेश राख्दा एउटा प्राज्ञिक लेख लेख्न सकिन्न । अझ नेपालको चुच्चे नक्सा नै नभएको मधेस प्रदेशले नक्सा प्रकाशित गर्नु सामान्य भूल हो र ? एकातिर रञ्जित रे नामका भारतीय पूर्वराजदूतले आफ्नो प्रकाशित किताबमा माओवादी नेता पुष्पकमल दाहाललाई साक्षी राखेर नेपाललाई सिक्कीमीकरण गर्न ढिलो भयो भने । भारतीय प्रधानमन्त्री मोदीले नेपालको कालापानी लिपुलेखमा खुलेआम बाटो बनाइरहेको उद्घोष गरिरहे । तर पनि डा. अभि सुवेदी लगायतहरु किन चुपचाप ? के मौनम सम्मति लक्षणम हो ? हिमाल पहाड त बोक्नु परेको छैन, एक शब्द देश र जनताका लागि बोल्न सकिन्न ? हदै भए अमुक अखवारी छापा पत्रिकामा लेख नछापिएलान ? अरु खतबात केही लाग्लान जस्तो त लाग्दैन ?
मधेस सबालमा विद्यावारिधि गर्ने डा. राजेश अहिराज जात, भात, नाक, नश्ल, थात, थलो र कुनै पनि खाले राजनीतिक आग्रह भन्दा धेरै माथि हुनुहुन्छ । वहाँले त तराइ मधेसको पहिले र अहिले पनि भइरहेको तमाम अविकास र असंगति कथित मधेसी नेताकै कारण हो भन्नुहुन्छ । सौरभले भनेझैँ यस देशमा सच्चा बुद्धिजीवी ९९ प्रतिशत प्वाइन्ट ५ प्रतिशत पनि छैनन् त ? सब देश र जनतालाई शीर्षस्थान र केन्द्र बिन्दुमा नराखी एउटा बुद्धिजीवी बरालिन्छ तब त्यो बुद्धिजीवी हुँदैन । नाम चलेका र कहलिएका शीर्षस्थ विद्वान्हरुले अनेक खालका भड्काउ कुरा नै गरिरहनु देश र जनताका किमार्थ जाती हुँदैन । यसरी थोरैले धेरै वा व्यापक क्षेत्रलाई प्रभावित पार्ने क्षमताका बौद्धिक, प्राज्ञिक तथा सञ्चार जगत् आफैँ भ्रमित धारणा फैलाउन कम्मर कसेर लागेपछि देश कसरी उँभो लाग्ला ?
तराई मधेसलाई अलग राष्ट्र बनाउने अभिप्रायका साथ सशस्त्र विद्रोह गरिरहेको सिके राउत समूहलाई राष्ट्रिय मूल धारमा ल्याउनु ओली सरकारको कामलाई अभि सुवेदीले राष्ट्रहितको भन्न सक्नु भएन । वैचारिक, बौद्धिक तथा वरिष्ठ सर्जकहरुले पहिले आफैँलाई आफ्नो उचाइ र औकात अनुसार आफैँलाई उचित स्थान र मानमा राख्न सक्नुपर्छ अनि राष्ट्र र जनतालाई शीर्षस्थानमा राखेर देशव्यापी जागरण र सचेतनताको बौद्धिक प्राज्ञिक तथा लेखकीय उच्च अभियान सुरु गर्नुपर्छ । आआफ्ना सबै खालका अतिसंकीर्ण चिन्तन र चरित्रका गन्थन त सामान्य पेटु मानवले पनि गर्छ । अमेरिकामा कार्यरत डा.प्रमोद मिश्रजस्ता बौद्धिक व्यक्तित्वहरु बिदाका बेला नेपाल आएर देशव्यापी रुपमा राष्ट्रलाई एकताबद्ध बनाउन सचेतता र जागरण अभियान चलाउनु हुन्छ । तर हामी यहीँ बसीबसी उल्टो अनेक खालका कृत्रिम विभाजन र विखण्डनको बिउ छर्न आतुर भएपछि देश कसरी उँभो लाग्ला ?
प्रतिक्रिया दिनुहोस्