काठमाडौं, माघ ११ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार १७२ जना कोकोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ हजार ८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका हुन ।
यो तथ्यांकसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५६ हजार ८८२ पुगेको छ । मन्त्रालयका अनुसार देशभरका १५ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् भने १८ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन ।
यसैगरी देशभर ८७ हजार ११७ जना होम आइसोलेसनमा र १ हजार ८१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये २४५ जना आईसीयूमा र ४४ जना भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्