काठमाडौं, माघ ११ । एमाले महासचिव शंकर पोखरेलले संबिधानको ब्याख्या गर्ने अधिकार सर्वाेच्च अदालतमा निहित रहेकोतर्फ सत्तारुढ पाँद दलीय गठबन्धनलाई सचेत गराउनु भएको छ । गठबन्धनका नेताहरु संबिधान भन्दा बाहिर जाने घोषणासहित अन्टसन्ट कुरा गर्न थालेपछि एमाले महासचिव पोखरेलले संबिधानको ब्यवस्थाबारे सचेत गराउनु भएको हो ।
महासचिव पोखरेलले संसदले बनाएको कानुनको पालना गर्नु सरकारको वाध्यात्मक दायित्व भएको तर्फसमेत सचेत गराउनु भएको छ । ‘संसदले बनाएको कानुनको पालना गर्नु सरकारको वाध्यात्मक दायित्व हो । साथै संविधानको व्याख्याको अधिकार सर्वोच्चको हो, सरकारको होइन,’ महासचिव पोखरेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्