जनता टाइम्स

१४ माघ २०७८, शुक्रबार १४:००

बाइडेनप्रति मस्कको टिप्पणी : जनतालाई मूर्खजस्तो व्यवहार गरिरहेका छन्


न्युयोर्क, १४ माघ । अमेरिकामा विद्युतीय सवारी साधनहरुको भविष्यबारे गरिएको एउटा पोस्टमा टेस्लाको नाम छुटाएपछि अमरिकी अर्बपति तथा विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाका मालिक एलन मस्कले अमेरिकी राष्ट्रपति जोन बाइडेनको कडा आलोचना गरेका छन् । एउटा ट्विटर पोस्टमा राष्ट्रपतिले विद्युती सवारी निर्माता टेस्लाको नाम उल्लेख नगरेपछि मस्क उहाँसँग रिसाएका हुन् ।

‘जीएम र फोर्ड जस्ता कम्पनीले स्वदेशमा यसअघि भन्दा धेरै विद्युतीय सवारी निर्माण गरिरहेका छन्,’ बाइडेनले भन्नुभएको थियो । अमेरिकामा भविष्यमा विद्युतीय गाडीबारे बाइडेनको ट्विटलाई जबाफ दिने क्रममा मस्कले टेस्ला अक्षरलाई क्यापिटल लेटरमा लेख्नुभएको छ । अर्को एउटा ट्विटमा मस्कले लेख्नुभएको छ,‘बाइडेन मानवको रुपमा एउटा कठपुतली हुन् ।’

मस्कले यो पनि भन्नुभएको छ, ‘बाइडेनले अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरेका छन् ।’ आफ्ना प्रतिद्वन्द्वी कार कम्पनी जनरल मोटर्स र फोर्ड मोटर्सका कार्यकारीलाई बाइडेनले भेटेपछि मस्कका भनाई आएको हो । बाइडेन प्रशासनको बिल्ड ब्याक बेटर विद्येयकमा छलफल गर्न यसअघि राष्ट्रपति बाइडेनले जनरल मोटर्स र फोर्डका सीइओहरुलाई राष्ट्रपति निवास ह्वाइटहाउसमा बोलाउनुभएको थियो ।