पाल्पा, १४ माघ । पाल्पाको रामपुर नगरपालिका–१०, बर्दलेकी ९१ वर्षीया धर्मकुमारी न्यौपाने घरबाट हराएको १० दिनपछि आज मृत अवस्थामा भेटिनु भएको छ ।
स्थानीय जलविरे सामुदायिक वन अन्तर्गत जंगलको भीरमा मृत फेला पर्नुभएको हो । प्रहरीका अनुसार धर्मकुमारीको शव खोजीको क्रममा सडकबाट झण्डै ३ सय मिटर तल भेटिएको हो ।
गत माघ ३ गतेपछि परिवारसँग सम्पर्कमा नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्