काठमाडौं, माघ १६ । सभामुख अगिन सापकोटाले आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित गर्नुभएको छ । सभामुख सापकोटाले कोभिड १९ संक्रमणको जोखिमलाई कारण देखाउँदै सूचनामार्फत संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित गर्नुभएको हो ।
शनिबार संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’














प्रतिक्रिया दिनुहोस्