जनता टाइम्स

१६ माघ २०७८, आईतवार ०६:४८

बिदेशबाटै मताधिकार माग्दै प्रवासी नेपाली मञ्च साउदीले दुतावासमार्फत बुझायो ज्ञापनपत्र


साउदी अरव, माघ १६ । प्रवासी नेपाली मञ्च साउदी अरवले नेपाली राजदूतावासमार्फत सरकार र निर्वाचन आयोगलाई बिदेशमा बसेका नेपालीलाई मताधिकारको मागसहित ज्ञापनपत्र बुझाएको छ ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी साउदी अरवका अध्यक्ष अमर श्रेष्ठले शुक्रवार दुतावासमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त र परराष्ट्रमन्त्रीलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाउनु भएको हो ।

प्रवासी नेपाली मञ्चले जनवरी २४ तारिकका दिन बिश्वभरबाट एकैपटक ज्ञापनपत्र बुझाउने निर्णय गरेपनि साउदी दूतावासले शुक्रवार मात्रै समय दिएकोले सोही मितिको ज्ञापनपत्र बुझाइएको प्रवासी मञ्च साउदी अरवले जनाएको छ ।