जनता टाइम्स

१६ माघ २०७८, आईतवार ०९:५९

फुट्यो सत्तारुढ गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चा, मोहनबिक्रम दम्पत्ति र केसीबाहेक सवै नेताले गरे बिद्रोह


काठमाडौं, माघ १६ । सत्तारुढ गठबन्धनमा संलग्न नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा औपचारिक रुपमा विभाजन भएको छ । मसालका महामन्त्री मोहन विक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांग्रेसको पिछलग्गु बनाएको भन्दै कृष्णराज पौडेलको नेतृत्वमा विद्रोह भएको हो ।

सिंहसहित तीन नेताको कामबिरुद्ध बिद्रोह गरेको समुहले विशेष राष्ट्रिय भेलाले पौडेललाई केन्द्रीय समन्वय समितिको अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी चयन हुनुभएको छ । यस्तै महासचिवमा लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की चयन गरिएको छ ।

मोहन बिक्रम समुहको कामप्रति असहमति राख्दै मसालमा बिद्रोह भएको यो दोस्रो पटक हो । यसअघि मसालबाट विद्रोह गरेको एउटा समूह माओवादीमा समाहित भएको थियो ।