विराटनगर, माघ १६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।
उहाँले सत्ता गठबन्धनको बैठक बसेर जेठमा चुनाव गर्ने निर्णयमाथि प्रश्न उठाउँदै सरकारले छलफल गर्नुपर्ने निकाय निर्वाचन आयोग भएको बताउनुभयो । विराटनगरस्थित कोइराला निवासमा आइतबार पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले सरकार सुल्टो बाटोमा हिड्नुपर्ने बताउनुभयो ।
सरकारले निर्वाचनका विषयमा सीधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने बताउनुभयो । कोइरालाले भन्नुभयो , ‘ऐन–कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुन्न । गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ ।’













प्रतिक्रिया दिनुहोस्