काठमाडौं, माघ १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख सुङ थाओबीच भिडियो वार्ता भएको छ ।
चीनस्थित पत्रकार लक्ष्मी लम्सालका अनुसार प्रचण्ड र सुङबीच नेपाल–चीन सम्बन्ध, वर्ल्ड इकोनोमिक फोरममा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङको मन्तव्यका विषयमा कुराकानी गर्नुभएको हो । सुङले चीनको अर्थतन्त्र तथा सामाजिक विकास, हिउँदे ओलम्पिकको तयारी लगायतबारे पनि प्रचण्डलाई जानकारी गराउनु भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई जसरी पनि संसदबाट पारित गर्नुपर्ने बटमलाइन तोकेको भोलिपल्ट प्रचण्ड र चिनिया नेताबीचको संवादलाई अर्थपुर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री देउवाले शनिवार मात्रै एमसीसी पारित नभए गठबन्धन तोडने चेतावनी प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्