जनता टाइम्स

१७ माघ २०७८, सोमबार १०:५२

एमाले अध्यक्ष ओली कोरोनामुक्त


भक्तपुर, माघ १७ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमणमुक्त हुनुभएको छ । एमाले अध्यक्ष ओलीले आइतवार कोरोनासँगको लडाई जित्नुभएको हो ।

अध्यक्ष ओली डेढ साताअघि संक्रमणमा पर्नुभएको थियो । अध्यक्ष ओलीसँग आज बिहान भएको भेटपछि रेल्वेका पूर्वमहाप्रबन्धक तथा सामाजिक अभियन्ता गुरु भट्टराईले उहाँ संक्रमणमुक्त हुनुभएको जानकारी दिनुभएको छ ।