जनता टाइम्स

१७ माघ २०७८, सोमबार १६:२६

योगेश भट्टराईले राखे देश लुटन र चुनाव टार्दै स्वच्छाचारी शासन लम्ब्याउन एमालेबिरुद्ध गठबन्धन गरेको यो तथ्य


काठमाडौं, माघ १७ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश लुटन र चुनाव टार्दै स्वच्छाचारी शासन लम्ब्याउन एमालेबिरुद्ध गठबन्धन गरेको बताउनु भएको छ ।

आवधिक निर्वाचन टार्न एमालेविरुद्ध गठबन्धन लागिपरेको भन्दै भट्टराईले पाँद दलीय गठबन्धनले काम देश लुटने, चुनाव टारेर स्वच्छाचारी शासन सत्ता चलाउने रहेको बताउनु भएको हो ।

एमाले सचिव भट्टराईले आज सामाजिक सञ्जालमार्फत् आवधिक निर्वाचन टारेर स्वच्छाचारी शासन लम्ब्याउन एमालेविरुद्ध गठबन्धन लागिपरेको बताउनु भएको छ । भट्टराईले एमालेविरुद्ध गठबन्धन किन ? भन्दै भन्नुभएको छ, ‘प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै, चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्व्याउन।’