जनता टाइम्स

१८ माघ २०७८, मंगलवार ११:५४

माग सम्बोधन नभएसम्म अन्य एजेण्डामा एमाले सहभागी हुन्न : महासचिव पोखरेल



काठमाडौं, माघ १८ । एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा अवरोधको बिषयमा उठाइएको माग सम्बोधन नभएसम्म आफ्नो पार्टी अन्य एजेण्डामा प्रवेश नै नगर्ने बटमलाइन सुनाउनु भएको छ ।

सत्तारुढ गठबन्धन र सत्ताधारी मिडियाले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्षबीच अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) पारित गर्ने भदै सहमति भएको भन्दै अफवाह फैलाएपछि महासचिव पोखरेलले भ्रममा नपर्न भन्दै पार्टीको बटमलाइन सुनाउनु भएको हो ।

‘जबसम्म प्रतिनिधिसभाको अबरोधका बिषयमा नेकपा एमालेको मागको सम्बोधन हुदैन, तबसम्म अन्य एजेण्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौं,’ महासचिव पोखरेलले भन्नुभएको छ ।