जनता टाइम्स

१९ माघ २०७८, बुधबार ०९:३९

तस्विरमा हेर्नाेस नेपाल मौरिससबीचको तनावपूर्ण खेल (फोटोफिचर)


तनावपूर्ण बनेको दोस्रो मैत्रीपूर्ण खेलमा नौ खेलाडीमा सीमित मौरिससमाथि नेपालले १-० को जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पनि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा शनिबार अफ्रिकन पाहुना टोलीलाई समान १-० ले नै पराजित गरेको थियो ।

१०औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको जितमा पर्याप्त बन्यो । नविन गुरुङले प्रहार गरेको कर्नर मोरिससका खेलाडीबाट रिबाउन्ड आएपछि आशिष लामाले प्रहार गरे । आशिषको प्रहारमा पुजन उपरकोटीले गरेको ब्याक फ्लिकलाई सुजलले पनि ब्याक फ्लिकमार्फत नै बललाई पोस्टको दिशा दिए ।