जनता टाइम्स

२० माघ २०७८, बिहीबार १२:४०

मुख्यमन्त्री राजेन्द्र राईको भण्डाफोरमा उत्रिए पूर्वमुख्यमन्त्री शेरधन, खोले एकएक बदमासीको पोल


बिराटनगर, माघ २० । प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले पाँच दलीय गठबन्धनका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशवासीकै बेइज्जत गर्नुका साथै बदमासीको सीमा नाघेको भन्दै भण्डाफोरमा उत्रनुभएको छ । निवर्तमान मुख्यमन्त्री राईले प्रदेश सरकार गठन भएको तीन महिनामा मुख्यमन्त्री राजेन्द्र राईले सवैको इज्जतको लिलामी गरेको गरेको तथ्य खोल्नुभएको हो ।
‘मुख खोल्न र खवरदारी गर्न ढिला भइसक्यो कि ?’ भन्दै पूर्वमुख्यमन्त्री राईले लेख्नुभएको छ, ‘अध्यादेशद्वारा निर्मित प्रदेश सरकारहरुको तीन महिना अत्तो न पत्तो, मेलो न मेसो बाँडीचुडी कसरी खाने भन्ने कुरामा बितेको हुनुपर्छ ! प्रदेश नं १ मा चाँहि ठ्याक्कै यही भएको छ !! अरु प्रदेशमा के के भयो धेरै जानकारी लिन पाएको छैन तर प्रदेश नं १ को सरकारले भने यस तीन महिनामा बियर र वाइनको चुस्कीबाट कास्टिङ्ग शुरु गर्दै नयाँ नयाँ किर्तिमानी कार्यहरु गर्न सफल भएको छ !!! ती किर्तिमानी कार्यहरुले प्रदेश र प्रदेशवासी जनताको, देश र देशबासी जनताको शीर निहुराउनुसम्म निहुराएको छ !!!! खै के भन्ने ?’

पूर्वमुख्यमन्त्री राईले राजेन्द्र राई नेतृत्वको सरकारको किर्तीमानीका रुपमा चार बुँदासमेत राख्नुभएको छ । मुख्यमन्त्रीलाई प्रदेशमा पालिकाहरु कति वटा छन भन्ने कुराको ज्ञान नभएको जानकारी टेलिभजनबाट सार्वजनिक भएको, रात्रीकालिन मस्ती कन्सर्ट कार्यक्रमको प्रत्यक्ष प्रसारणसहित सार्वजनिक भएको, मन्त्री नियुक्ति नभएको मन्त्रालयमा २÷२ जना स्वकीय सचिवको नियुक्तिसहितको तथ्य सार्वजनिक भएको र पुँजीगत खर्च र महत्वपुर्ण बिकास आयोजनाहरुको बजेट कटौंटी गर्दै काले काले मिलेर खाउँ भाले भन्दै मन्त्रालय फुटाएर १२ वटा मन्त्रालय बनाएको घोषणासहित सार्वजनिक भएको भन्दै उहाँले कडा आपत्ति जनाउनु भएको छ ।

यस्तो छ शेरधनको गम्भीर आपत्ति
मुख खोल्न र खवरदारी गर्न ढिला भइसक्यो कि ?
अध्यादेशद्वारा निर्मित प्रदेश सरकारहरुको तीन महिना अत्तो न पत्तो, मेलो न मेसो बाँडीचुडी कसरी खाने भन्ने कुरामा बितेको हुनुपर्छ ! प्रदेश नं १ मा चाँहि ठ्याक्कै यही भएको छ !! अरु प्रदेशमा के के भयो धेरै जानकारी लिन पाएको छैन तर प्रदेश नं १ को सरकारले भने यस तीन महिनामा बियर र वाइनको चुस्कीबाट कास्टिङ्ग शुरु गर्दै नयाँ नयाँ किर्तिमानी कार्यहरु गर्न सफल भएको छ !!! ती किर्तिमानी कार्यहरुले प्रदेश र प्रदेशवासी जनताको, देश र देशबासी जनताको शीर निहुराउनुसम्म निहुराएको छ !!!! खै के भन्ने ?

ती किर्तिमानी कार्यहरु :
१. प्रदेशमा पालिकाहरु कति वटा छन भन्ने कुराको ज्ञान नभएको जानकारी टेलिभजनबाट सार्वजनिक ।
२. रात्रीकालिन मस्ती कन्सर्ट कार्यक्रमको प्रत्यक्ष प्रसारणसहित सार्वजनिक
३. मन्त्री नियुक्ति नभएको मन्त्रालयमा २÷२ जना स्वकीय सचिवको नियुक्तिसहितको तथ्य सार्वजनिक ।
४. पुँजीगत खर्च र महत्वपुर्ण बिकास आयोजनाहरुको बजेट कटौंटी गर्दै काले काले मिलेर खाउँ भाले भन्दै मन्त्रालय फुटाएर १२ वटा मन्त्रालय बनाएको घोषणासहित सार्वजनिक ।

यसरी जनताले चुनेको सरकार ढालेर गठबन्धनको नाममा संघीयताको धज्जी उडाउदै संघीयताको मुटुको रुपमा रहेको प्रदेश संरचनालाई खोक्रो बनाउदै, जनताको बिकास र समृद्विको आम चाहनामाथि खेलवाड गर्दै मिलिजुली भागबण्डा गरेर खाने, आफ्ना पार्टी कार्यकर्ता पोस्ने कार्य नांगो रुपमा भइरहेको छ । अब मुख खोल्न ढिला भइसक्यो कि ? धन्यबाद !!!!