जनता टाइम्स

२२ माघ २०७८, शनिबार ०९:१०

पोर्न फिल्म मामलामा शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश


काठमाडौं, २२ माघ । पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उहाँको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गर्नुभएको थियो । अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ ।

‘नोटिस जारी गरिएको छ । यही बीच अपिलकर्ताको विरुद्ध कुनै पनि दण्डात्मक कारवाही नगर्नुहोला’, आदेशमा भनिएको छ ।शर्मिलनका वकिल सुनील फर्नान्डिजले यो मामलाका अन्य आरोपीहरुलाई पहिला नै सुरक्षा दिइसकेको बताउनुभयो ।

मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ । अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।