बाल्टिमोर (अमेरिका), माघ २२ । प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो राष्ट्रिय सम्मेलन आगामी आगामी अप्रिल २०२२ मा हुने भएको छ । १५ जनवरी २०२२ मा अध्यक्ष प्रभुराम थापाको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
अध्यक्ष थापाको अनुसार अधिवेशन गर्ने स्थान भने पछि तय गरिने छ । आगामी अप्रिल २०२२ मा प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको छ, स्थानको बिषयमा पछि निर्णय लिइने छ, थापाले जनताटाइम्ससँग भन्नुभयो ।
यी हुन अन्य निर्णय
-प्रवासी नेपाली मञ्च अमेरीकामा रहेका साथीहरूवाट नेपालको पोखरा स्थित गन्डकी अस्पतालमा स्थापना गरी गत भदौ महिनादेखि सञ्चालित अक्सिजन प्लान्टको, सहयोगका लागि संकलित रकमको बिस्तृत बिवरण सचिबले सबैलाई जानकारी गराउनु भयो ।
-प्रबासी नेपाली मञ्च, अमेरिकालाई ब्यबस्थित गर्नका लागि सांगठनिकरूपमा अमेरीकालाई ४ क्षेत्रमा बिभाजन गरी सोही बमोजिम सांगठानिक कृयाकलाप संचालन गर्न क्षेत्रीय संयोजक र सहसंयोजकले सम्बन्धीत क्षेत्र अन्तरगत पर्ने राज्यहरूमा रहेका प्रवासी नेपाली मञ्चका सदस्यहरूको नवीकरण गर्ने, नया सदस्य आवद्द हुने मित्रहरूको नामावली संकलन गरी केन्द्रमा सिफारिस गर्ने र राज्य कमिटिहरू गठनरपुनर्गठन यहि फेब्रुअरी २०२२ को अन्त्य सम्ममा गरि सक्ने ।
प्रतिक्रिया दिनुहोस्