दार्चुला, माघ २६ । नेपाल-भारत सीमानाका चार दिन बन्द हुने भएका छन्। भारतको उत्तराखण्डमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि नेपाल-भारत सीमानाका बन्द गरिने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्धराज उपाध्यायले जानकारी दिनुभयो।
उपाध्यायका अनुसार माघ २९ गते साझदेखि फागुन ३ गते बिहानसम्म नेपाल-भारत सीमानाका बन्द हुनेछन्। नेपाल-भारत जोड्ने दार्चुला र बैतडीका सीमा नाकाहरु बन्द हुने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनु भयो। उहाँका अनुसार हालसम्म कुनै औपचारीक जानकारी नआएपनि यहाँको पुरानो चलनचल्ती अनुसार निर्वाचन अवधिभर ४ दिन सीमानाका बन्द हुनेछन्।













प्रतिक्रिया दिनुहोस्