काठमाडौं, माघ २७ । नेकपा एमाले निकटको राष्ट्रिय युवा संघ नेपालले विविध सरोकारका विषयमा सरकारलाई खबरदारी गर्दै विरोध प्रदर्शन गरेको छ । नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयअगाडि युवा संघले सरकारलाई ध्यानाकर्षण गराउँदै ‘वृहत् युवा महिला विरोध प्रदर्शन’ गरेको हो । प्रदर्शनकारीले स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता लगायतको माग राखेका छन् ।





















प्रतिक्रिया दिनुहोस्