जनता टाइम्स

२८ माघ २०७८, शुक्रबार १८:२३

२३ दलले चुनाव चिन्हका लागि संघर्ष गर्न बनाए समिति


काठमाडौं, २८ माघ । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाविरुद्ध आन्दोलन गर्न २३ वटा दलले संघर्ष समिति गठन गरेका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था अन्यायपूर्ण भएको जनाएको गरेको छ ।

बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा गरेका यसअघि भएका सामूहिक संघर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै ‘चुनाव चिन्ह संघर्ष समिति’गठन गरी दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।