जनता टाइम्स

२८ माघ २०७८, शुक्रबार १८:५०

अधिकारको सीमाभित्रै रहेर जनभावना अनुसार काम गर्छु : प्रदेश प्रमुख जोशी


धनगढी, २८ माघ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले संविधानले दिएका अधिकार प्रत्यायोजन गर्दै जनताका गुनासालाई पनि सम्बोधन गरिने बताउनुभएको छ । आज धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश प्रमुख जोशीले संविधानले दिएका अधिकारभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने बताउनुभयो ।

तर, आफूले सक्रिय राजनीतिमा रहेकै वेला प्रदेश प्रमुखको जिम्मेवारी पाएको भन्दै उहाँले जनअपेक्षालाई बेवास्ता गर्न नसकिने बताउनुभयो ।

प्रदेश प्रमुख जोशीले भन्नुभयो,‘सक्रिय राजनीतिमा रहेका बारण जनताले मप्रति अपेक्षा गर्नू स्वाभाविक हो । ती आकांक्षालाई बेवास्ता गरिने छैन । अधिकारको सीमामा रहेर उनीहरूका भावना समेट्ने प्रयत्न गर्ने छु ।’ आफू प्रदेशकै नागरिक भएको बताउँदै उहाँले आफ्नो क्षेत्रको विकासबारेमा सोच्नु कर्तव्य हुने बताउनुभयो ।