बैतडी, २९ माघ । बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उमेदवारी घोषणा गर्नुभएको छ । १०औँ गाउँसभाको सम्बोधन गर्दै उहाँले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उमेदवार बन्ने बताउनुभएको हो ।
उहाँ नेपाली कांग्रेसका नेता हो । सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ ।













प्रतिक्रिया दिनुहोस्