जनता टाइम्स

२९ माघ २०७८, शनिबार १९:२४

आज संक्रमित भन्दा दोब्बर डिस्चार्ज


काठमाडौं, २९ माघ । नेपालमा आज ८३६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार आज थपिने भन्दा डिस्चार्ज हुने दर दोब्बर रहेको छ ।

गएको २४ घण्टामा ४ हजार २४० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जनामा र २ हजार ३९४ जनाको एन्टीजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले १८२६ जना डिस्चार्ज भएको जनाएको छ । यस्तै आज थप ४ जनाको मृत्यु भएको छ । अहिले देशभरी २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् ।