काठमाडौं, फागुन २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृत्रिम गठबन्धनले संविधान कार्यान्वयनमा व्यवधान सुरु गरेको तथ्य राख्नुभएको छ । एमाले संसदीय दलको बैठकमा बोल्दै दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।
‘अस्थिरतावादी शक्तिहरु, लोकतान्त्रिक प्रणाली, लोकतन्त्र कार्यान्वयन र सुदृढिकरणलाई व्यवधान गर्दैछन्, संविधान कार्यान्वयमा व्यवधान पुर्याउँदैछन,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले नेपाली राजनीतिमा गठबन्धनका नाममा अस्वभाविक, कृत्रिम, अप्राकृतिक ध्रुवीकरण भएको पनि बताउनु भयो ।
सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थिति र एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गरी ठोश रणनीति तय गर्न एमाले संसदीय दलको बैठक बसेको हो ।













प्रतिक्रिया दिनुहोस्