जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलवार ०८:५०

आमाचकारी गर्दै अपहरणको धम्की दिने पर्यटनमन्त्री आलेलाई तत्काल बर्खास्त गर्न माग, माधव नेपाल के गर्लान ?


काठमाडौं, फागुन ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लिल बोलेको अडियो सार्वजनिक भएसँगै तत्काल बर्खासत गर्न चर्काे दवाव परेको छ ।

भारतमा रहेका नेपाली नागरिकलाई मन्त्री आलेले अश्लिल गाली गलौज गर्दै अपहरण गर्ने धम्की दिएको रहष्य बाहिरिएसँगै बर्खास्तगीको माग बढेको हो । दिएको अडियोको सत्यताबारे भने आलेले केही बोल्नुभएको छैन ।

आलेको अडियो सार्वजनिक भएलगत्तै कारबाही गर्न माग भएको छ । एमाले सचेतक शान्ता चौधरीले मन्त्री आलेको हर्कत क्षम्य नभएको बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘हद नाघेर अश्लिल बोल्ने, आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर ।’

एमाले नेतृ एवं सांसद भगवती चौधरीलगायतले पनि आलेलाई कारबाही गर्न माग गर्नुभएको छ । सामाजिक सञ्जालमा अहिले मन्त्री आले पदमा बस्नै नमिल्ने भन्दै बर्खास्त गर्न चर्काे दवाव परेको छ ।

यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दकाे प्रयाेग भएकाले ती शव्द हटाइएकाे छ।

मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं?’

युवाः इन्डियातिर छु’

मन्त्रीः अनि तपाईंको कमेन्ट हेरेँ मैले, के लेख्या त्यस्तो यार ?’

युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?’

मन्त्रीः कस्तो आश ?

युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
(मन्त्री आले आक्रोशित हुन सुरु गर्छन्)

मन्त्रीः भन नी तेरी मा…. तलाईं मैले के गरेको थिएँ ?’

युवाः के गरेको छु ?

मन्त्रीः तलाई मा…. त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस् भन त,’

युवाः आउन त यता आऊँ, बम्बईमा छु म’

मन्त्रीः तेरी मा…. भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस् तेरी मा….’

युवाः आउन आउ… आइजो न आइजो, त मुला बेसरम… तस्कर…

मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?

युवाः तस्कर मुला… बेसरम, लाज छैन, तस्कर… मन्त्रीका लागि बेची खाने तस्कर’

मन्त्रीः जे पायो, त्यही लेख्छस मा…कुकुर…तलाईं मा… कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु ।

युवाः मलाई ? तँ के गर्छस् भन न ?

युवाः त मा…चि… कहाँ छस भन त ?

मन्त्रीः तँ … छोरा होस क्या, त चुतियाँ साले, मु….. ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?’

मन्त्रीः त मा…चि…. ट्वालेट सफा गर्छस् …. का छोरा, मलाई सिकाउँछस ?

युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?

मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु ।

युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ?

मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ….का छोरी ।

युवाः बम्बई भन्या त पहिला तलाईं…अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ?

मन्त्रीः तेरी मा…. तेरो ठेगाना पठा त ?

युवाः अधेँरी छुु, अधेँरी…सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।

मन्त्रीः लोकेसन नि पठा त ?

युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।

मन्त्रीः तेरी मा…चि… तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

(नोट : मन्त्री आलेको अडियो हटाउन प्रेस काउन्सिल नेपालले दिएको निर्देशनअनुसार अडियो भिडियो हटाएर नेपालीमा सम्पादन गरी सच्याइएको छ । (सं)